शिवम् सिमेन्टद्वारा ५२ स्थानका ३ हजार ४५ निर्माणकर्मीलाई तालिम



काठमाडौं (नेस) ।

शिवम् सिमेन्ट लिमिटेडले देशका विभिन्न ५२ स्थानमा रहेका ३ हजार ४५ निर्माणकर्मीसँग निर्माणसम्बन्धी प्राविधिक अन्तक्र्रिया कार्यक्रमा सम्पन्न गरेको छ । अन्तक्र्रिया साथै दैनिक निर्माण कार्यमा खटिने उक्त निर्माणकर्मीहरूको ५ लाख बराबरको जोखिम बिमासमेत गराएको थियो ।

अन्तक्र्रिया कार्यक्रममा उपस्थित निर्माणकर्मीलाई दक्ष एवम् अनुभवी प्राविधिकद्वारा सिमेन्टसम्बन्धी जानकारी, निर्माण सामग्रीको गुणस्तर मापन तथा छनौट प्रक्रिया, निर्माणकर्मीलाई दिनहँु आईपर्ने निर्माणसम्बन्धी समस्याको समाधानका उपाय र सिमेन्ट भण्डारणसम्बन्धी विस्तृत जानकारी गराइएको थियो ।

अन्तत्र्रिmया कार्यक्रममा भवन निर्माणसम्बन्धी प्राविधिक परामर्श प्रदान गर्नुका साथ साथै हरेक सहभागी निर्माणकर्मीहरूका लागि ५ लाख बराबरको दुर्घटना बिमा गरी बिमा पोलिसी सोही कार्यक्रममार्फत् हस्तान्तरण गरेको थियो । यसका साथै उपस्थित ३ हजार ४५ निर्माणकर्मीहरूलाई दैनिक कार्यमा आवश्यक पर्ने सामानहरू, व्याग, टिफिन बक्स आदिका साथै इन्सुरेन्स पोलिसीसमेत हस्तान्तरण गरेको थियो ।

शिवम् सिमेन्टले विभिन्न चरणमा आफ्नो बिक्री क्षेत्रअन्तर्गत संखुवासभा, सुनसरी, मोरङ, ओखलढुङ्गा सिरहा, सप्तरी, महोत्तरी, धनुषा, चितवन, मकवानपुर, वारा, पर्सा, रौतहट, गोरखा, तनहुँ, बागलुङ, बेनी, स्याङ्जा, धादिङ, नुवाकोट, काठमाडौं, ललितपुर तथा भक्तपुरलगायतका जिल्लाका विभिन्न ५२ स्थानमा उक्त निर्माण परामर्श कार्यक्रम सञ्चालन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्