माघीमा तीन दिन सार्वजनिक बिदा



काठमाडौं, (नेस) ।

कैलालीको कैलारी गाउँपालिकाले माघी पर्वका अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । माघीलाई नयाँ वर्षका रूपमा मनाउने थारू समुदायलाई लक्षित गरेर बिदा दिइएको हो ।

‘यो गाउँपालिका थारू बाहुल्यता रहेको छ’, गाउँपालिका सूचना अधिकारी यगम कल भन्नुहुन्छ– ‘थारू समुदायले माघीसँगै १ माघदेखि नयाँ वर्षका रूपमा मनाउने हुँदा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरिएका हौं ।’

उहाँका अनुसार पुस ३० देखि माघ २ गतेसम्म सार्वजनिक बिदा दिइएको हो । पालिकाले गत वर्ष पनि तीन दिन सार्वजनिक बिदा दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्