नेपाल प्रहरीका ३४ जना एसपीको सरुवा, को कहाँ ? (सूचीसहित)


न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल प्रहरीका ३४ प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ । आइतबार प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले उनीहरुको सरुवा गरेका हुन् ।

सरुवासँगै सिरहा, पाल्पा, बारा, पूर्वी नवलपरासी, झापा र कन्चनपुरका प्रहरी प्रमुख फेरिएका छन् । सिरहाका एसपी हिराबहादुर पाण्डे निलम्बनमा परेपछि अर्जुनप्रसाद तिमिल्सिनालाई पठाइएको छ ।

पाल्पामा जनकबहादुर शाही, बारामा सिंह देउवा, प्रज्वल महर्जनलाई पूर्वी नवलपरासीको जिम्मा दिइएको छ । विश्वमणि पोखरेललाई झापा र श्यामसिंह चौधरीले कन्चनपुर प्रहरी प्रमुखको जिम्मा पाएका छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।