यस्तो देखियो कामना ग्रुपको ३८ औं वार्षिकोत्सव (फोटोफिचर)



न्युज अफ नेपाल, काठमाडौं । 

नेपाल समाचारपत्रको प्रकाशन संस्था कामना ग्रुप आजदेखि ३८ वर्षमा प्रवेश गरेको छ । स्थापना कालका ३७ औं वसन्त सफलतापूर्वक पार गरी ३८ औं वसन्त प्रवेशको अवसरमा ग्रुपको भिमसेनस्थानस्थित प्रधान कार्यालयमा बुधबार वार्षिकोत्सव सम्पन्न भएको छ ।

वार्षिकोत्सव कार्यक्रमकाे कामना ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दिरेकलाल श्रेष्ठले केक काटेर शुभारम्भ गरेका थिए । कार्यक्रममा कामना ग्रुपमा आबद्ध पत्रकार तथा कर्मचारीहरूका लागि रात्रिभोजको आयोजना गरिएको थियो । यस्तै कामना ग्रुपमा आबद्ध पत्रकार तथा कर्मचारीहरूले सामूहिक फोटो सेसन समेत गरे ।

कार्यक्रममा कामना ग्रुपका  सिइओ दिरेकलाल श्रेष्ठ, क्रियटिभ डाइरेक्टर विनी श्रेष्ठ, नेपाल समाचारपत्रका सम्पादक कपिल काफ्ले, कामना सिने मासिकका सम्पादक विदुर गिरी, स्वास्थ्य र सौन्दर्य विधाको मासिक पत्रिका साधनाका सम्पादक लक्ष्मण अधिकारी तथा प्रशासन शाखाका कर्मचारीहरू र पत्रकारहरुकाे उपस्थिति थियो ।

कामना ग्रुपका स्थापनाको ३८ वर्ष प्रवेशको अवसरमा नेपाल समाचारपत्र दैनिकले स्थानीय तहका ५ वर्ष शिर्षकमा विशेषांक समेत प्रकाशन गरेको छ । २४ पृष्ठसहितको वाषिर्कोत्सव विशेषांकमा गत ५ वर्षको अवधिमा भएका स्थानीय निकायका गतिविधि, चुनौति र अवसरका विषयमा विभिन्न सामग्री समेटिएका छन् ।

फोटो : उजोल डंगोल

प्रतिक्रिया दिनुहोस्