कांग्रेस पाल्पाको जिल्ला सभापतिमा श्रेष्ठ विजयी



न्युज अफ नेपाल, पाल्पा ।

नेपाली कांग्रेस पाल्पाको १४ जिल्ला अधिवेशनबाट जिल्ला सभापतिमा हिमालदत्त श्रेष्ठ विजयी हुनु भएको छ । शुक्रवार   भएको निर्वाचनको परिणाम शनिवार घोषणा भएको हो । जसमा युवा नेता  श्रेष्ठ प्रतिष्पर्धी कृष्णप्रसाद बस्यालभन्दा  दोब्बर बढी मत सहित विजयी  हुनुभएको हो  । विजयी भएका जिल्ला सभापति श्रेष्ठले ८९० मत प्राप्त गर्नु भयो भने प्रतिष्पधी  कृष्ण प्रसाद बस्यालले ३८१ मत प्राप्त गर्नु भएको थियो ।

यसै गरी सम्पूर्ण पदाधिकारी तथा जिल्ला सदस्यहरूमा पनि श्रेष्ठकै समूह विजयी भएका छन् । उपसभापतिमा ज्ञानबहादुर गाहा ७७३, झपेन्द्र प्रसाद गैरे ७५४ मत ल्याई विजयी हुनु भएको छ भने उहाहरुको प्रतिष्पर्धीका रूपमा चुनावी मैदानमा रहनु भएका  माधव प्रसाद नेपालले ५४३ र शंकर खनालले ३६४ मत ल्याउनु भएको मुख्य निर्वाचन अधिकृत दिनेश त्रिपाठीले जानकारी दिनुभयो ।

निर्वाचनमा दुई समूह नै बनाएर प्रतिष्पर्धा भएको थियो । जसमा श्रेष्ठ समूहबाट प्रतिष्पर्धामा उत्रिएका सवैजनाले जित हासिल गरेका छन् । श्रेष्ठ नेपाली कांग्रेस पौडेल समूहका हुन भने अर्का प्रतिप्पर्धी बस्याल यस अघिका निर्वाचनमा पौडेल समूहबाटै महाधिवेशन प्रतिनिधि भए पनि अन्तिममा आएर पूर्व जिल्ला पूर्व जिल्ला सभापति राजन पन्त र पार्टीका   केन्द्रीय सदस्य हरि प्रसाद नेपालको समर्थन रहेको समूहबाट प्रतिष्पर्धामा उत्रिएका हुन ।  निर्वाचित सभापति श्रेष्ठ  लाई वर्तमान जिल्ला सभापति  एवं प्रदेश मन्त्री वीर बहादुर रानाको समर्थन रहेको थियो ।

निर्वाचन परिणाम अनुसार  सचिवमा श्रेष्ठ समूहकै सन्तोष कुमार थापाले ८०७, सुनिता अधिकारीले ७८५ मत ल्याई विजयी भए भने, बस्याल समूहका रमा पन्तले ४५५ र हुमनाथ न्यौपानेले ३८२ मत प्राप्त  गरे । सह–सचिवमा श्रेष्ठ समूहबाट विष्णु कुमार थापा ७४३, हुमिद मियाले ६४१ मत ल्याई विजयी भए भने बस्याल समूहका खुम प्रसाद पोखरेल ३१३ र हरि बहादुर कार्की, २३१, स्वतन्त्ररुपमा भला विक्रम सिंहको ७९ र राजु पङ्गेनी २९१ मत प्राप्त गरेका छन्  ।

निर्वाचन समितिका अनुसार  खुला सदस्यमा खस आर्यमा २ पदको लागि श्रेष्ठ समूहकै लक्ष्मण बहादुर रायमाझी ७४२ सूर्य प्रसाद पोखरेलले ७१८ ल्याई विजयी भए भने बस्याल समूहका कृष्ण प्रसाद भट्टराई ३४० विष्णु प्रसाद भण्डारीले १९७ रामचन्द्र कोइरालाले २५४ मत ल्याएका थिए  । २ पदको लागि खस आर्य महिलामा गीता खनाल र गीता गौतम निर्विरोध निर्वाचित भएका छन् ।

आदिवासी जनजाति खुलामा ५ पदको लागि भएको निर्वाचनमा अमिर बहादुर रानाले ९७८, कमल रानाले ९९४ गणेश प्रसाद श्रेष्ठ ८४६ युवराज चिदीले ८८६ राजकुमार श्रेष्ठ ८५१ मत ल्याई विजयी भए भने चेत बहादुर थापाले ५७१ मत ल्याई पराजित भए । आदिवासी जनजाति महिलातर्फ ४ पदको लागि इन्दिरा राना, काजल सारु, मिना कुमारी श्रेष्ठ र सन्ध्या बज्राचार्य निर्विरोध निर्वाचित भएका  छन् ।

दलित १ जना महिला र एक जना पुरुष गरी २ पदको लागि पुरुषमा अरुण कुमार रसाइली र टेक बहादुर वि.क. ले ७६९ मत ल्याई विजयी भए भने अरुण कुमार रसाइलीले ३८२ मत ल्याई पराजित भए, महिलामा तारा रसाइली निर्विरोध निर्वाचित भएकी छन् । अल्प संख्यकमा जंगन्नाथ कडेल निर्विरोध निर्वाचित भएका छन् ।

जिल्लाका १० पालिका मध्ये  १२ पदको पुरुष सदस्यको लागि रम्भा, बगनासकाली र तानसेनमा निर्वाचन भएको थियो   । तानसेन नगरपालिकामा दुई पदको लागि पुरुषोत्तम अर्याल १४६, मोहन प्रसाद श्रेष्ठ १७५ मत ल्याई विजयी भए भने सुन्दर श्रेष्ठले ६० मत ल्याई पराजित भए । बगनासकालीमा मुक्तिराम बस्यालले ६८ मत ल्याई विजयी भए भने प्रकाश कुमार नेपालले ६० मत ल्याई पराजित भए ।

रम्भामा सुवी विश्वकर्माले ४९ मत ल्याई विजयी भए भने धातानन्द बस्यालले ३८ मत ल्याई पराजित भए । रामपुरमा बुद्धिप्रकाश रेग्मी, हिमाल श्रेष्ठ, पूर्व खोलाबाट ईन्द्रनारायण श्रेष्ठ, माथागढीबाट बालकृष्ण जि.सी., तिनाउबाट विष्णु प्रसाद पाण्डे, रिव्दिकोटबाट माधव थापा, रैनादेवी छहराबाट दान बहादुर पौडेल र निस्दीबाट टेक बहादुर थापा निर्विरोध निर्वाचित भएका छन् ।

जिल्लाका पालिका अन्तर्गत  महिला पदको लागि तानसेनमा गीता भट्टराईले ११८ मत ल्याई विजयी भईन भने, सिता बस्नेतले ७४ मत ल्याई पराजित भईन । बगनासकालीमा इन्दिरा भट्टराईले ६५ मत ल्याई विजयी भईन भने रञ्जना कुमारी अर्यालले ६१ मत ल्याई पराजित भईन ।

जिल्ला कमिटी महिला सदस्यमा निर्विरोध चयन हुनेमा रम्भाबाट डिला कुमारी रानाभाट, पुर्वखोलाबाट जयश्वरा बाह्रघरे, रामपुरबाट सावित्रा गौतम, निस्दीबाट सरस्वतीदेवी आचार्य, तिनाउबाट कमला कार्की, रिब्दिकोटबाट गिरिजा गैरे र रैनादेवी छहराबाट निर्मला पौडेल रहेका छन् । यसैगरी जिल्ला अधिवेशनबाट महाधिवेशन प्रतिनिधिमा हेमराज गैरे र प्रदेश महाधिवेशन प्रतिनिधिमा सिता पङ्गेनी निर्विरोध चयन भएका छन् ।

जनभावना र पार्टीको सिद्धान्त अनुसार अघि वढने प्रतिबद्धता 

यसैवीच नवनिर्वाचित सभापति हिमालदत्त श्रेष्ठले आफूले पार्टीको सिद्धान्त आदर्श  र मूल्य मान्यता साथ अघि वढने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

निर्वाचन पछि भएको पद हस्तान्तरण कार्यक्रमका बोल्दै सभापति श्रेष्ठले  लोकतन्त्रमा निर्वाचनलाई एउटा प्रक्रियाका रूपमा लिनुपर्ने बताउँदै उहाँले नेपाली कांग्रेसलाई आउने निर्वाचनमा जिल्लामा पहिलो पार्टी बनाउने अठोटका साथ अघि वढने र यसको व्यवस्थापन पक्षमा आफ्नो जोड रहने बताउनु भयो ।

पार्टीका निवर्तमान सभापति एवं प्रदेश मन्त्री वीरवहादुर रानाले पार्टीको उचाइलाई कम हुन नदिन आफ्नो तर्पबाट सदैव साथ समर्थन र सहयोग नव निर्वाचित कार्य समितिलाई रहने बताउनु भयो । उहाँले निर्वाचनका क्रममा विभिन्न कुराहरू भए पनि त्यसलाई भुलेर नयाँ जोस र जाँगरका साथ अघि वढन आग्रह समेत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्