बसले ठक्कर दिँदा वडाध्यक्षको मृत्यु



नेपाल समाचारपत्र, सिन्धुली ।

सिन्धुलीको दुधौली नगरपालिका–७ का वडाध्यक्ष कुमार बस्नेतको दुर्घटनामा मृत्यु भएको छ । बिहीबार मोटरसाइकलमा लहानबाट पूर्वतर्फ जाँदै गरेका बेला पूर्वतर्फ नै जाँदै गरेको बसले ओभेरटेक गर्ने क्रममा ठक्कर दिँदा वडाध्यक्ष बस्नेतको मृत्यु भएको हो ।

दुधौली नगरपालिकाका मेयर घनश्याम राउतले उक्त घटनाको पुष्टि गर्नुभएको छ । मृतक वडाध्यक्ष तर्फबाट प्रहरी कार्यालयमा जाहेरी दिने तयारी भएको उहाँले बताउनुभयो । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्