गृहमन्त्री खाण र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता



न्युज अफ नेपाल, काठमाडौँ ।

गृहमन्त्री बालकृष्ण खाण र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच शुक्रबार शिष्टाचार भेटघाट भएको छ ।
गृहमन्त्रालयमा भएको भेटमा नेपाल र अमेरिकाको सम्बन्ध र विविध साझेदारीका विषयमा छलफल भएको छ ।

भेटमा कोभिड–१९ महामारीमा भएको सहकार्य, नेपालको विकासका प्राथमिकता, नेपालको सामाजिक तथा आर्थिक विकासमा अमेरिकाले पु-याएको सहयोगलगायत विषयमा छलफल भएको थियो । भेटमा सहायक विदेशमन्त्री लु र नेपालका लागि अमेरिकी राजदूत -याण्डी बेरी सहभागी हुनुहुन्थ्यो ।

त्यस्तै भेटमा नेपालको अर्थतन्त्रमा जलवायु परिवर्तनले पारेको असर र समाधानका लागि गर्नुपर्ने कामबारे पनि छलफल भएको थियो । उहाँ दुई दिने नेपाल भ्रमणका लागि बुधबार नेपाल आउनु भएको थियो ।

भेटमा गृहमन्त्री खाणले नेपालको कोभिडविरुद्धको लडाइमा सहयोग उपलब्ध गराएकोमा अमेरिकालाई धन्यवाद दिनुभएको थियो । उहाँले अमेरिकी सरकारले कोभिडपश्चात अर्थतन्त्रको पुनर्उथ्थानमा पनि सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल भ्रमणका लागि सहायक विदेशमन्त्री लुलाई धन्यवाद दिँदै गृहमन्त्री खाणले यो भ्रमणले नेपाल र अमेरिकाबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्