कुपिण्डे तालमा डुबेर बालकको मृत्यु



न्युज अफ नेपाल, मंसिर ।

सल्यानको कुपिण्डे तालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका – ८ मा रहेको तालमा डुबेर एक बालकको मृत्यु भएको हो । मृत्यु हुनेमा बनगाड कुपिण्डे नगरपालिका – ८ आगरनेटाका ८ वर्षीय रमेश सुनारको तालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

बिहीबार दिउँसो साथीहरूसँग पौडी खेल्न जाँदा तालमा डुबेको र मृत अवस्थामा बाहिर निकालेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिनु भयो ।

पूर्णिमाको अवसरमा आज तालमा मेला लागेको र उक्त मेला हेर्न उनी आएका थिए । घटनाको थप अनुसन्धान अघि बढाइएको सूचना अधिकारी पौडेलले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्