आदिनाथको मेला सम्पन्न (फोटो फिचर)



न्युज अफ नेपाल, काठमाडौं ।

काठमाडौँको दक्षिण भेगस्थित चोभारको आदिनाथ मन्दिरमा एक महिनादेखि जारी मेला आज विशेष पूजाका साथ सम्पन्न भएको छ ।लिच्छविकालमा शिखर शैलीमा निर्माण भएको सो मन्दिरमा सो एक महिनाको अवधिमा त्यहाँ मेला भरेमा ठूला ठूला रोगव्याधिबाट मुक्त हुने विश्वास छ ।

काठमाडौँ तथा त्यस आसपास क्षेत्रबाट मेला भर्न आएका भक्तजनले त्यहाँ आजको दिन आदिनाथको दर्शन तथा पूजा गरी दान दक्षिणा गर्ने प्रचलन छ । त्यसो गरेमा पापमुक्त हुने तथा पारिवारिक सुख, शान्ति कायम भई समृद्धि प्राप्त हुने जनविश्वास रहेको छ । हिन्दू धर्मावलम्बीले शिव शक्तिका रुपमा तथा बौद्ध धर्मावलम्बीले लोकेश्वरका रुपमा त्यहाँ आस्था प्रकट गर्ने गर्छन् ।

तस्वीर-ईश्वरराज ढकाल

प्रतिक्रिया दिनुहोस्