आरभ र सलोनीलाई उपाधि



नेपाल समाचारपत्र, काठमाडौं ।

आरभ सम्राट हाडा पुरुषतर्फ र सलोनी तामाङ महिलातर्फको गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता २०२१ को उपाधि उचालेका छन् । आरभरले मंगलबार सम्पन्न फाइनल खेलमा ऋतीक राणालाई ६–३, २–६ र ६–१ ले तथा सलोनीले प्रेरणा कोइरालालाई ६–३, ६–४ ले पराजित गरेका हुन् । गणेशमान सिंह फाउन्डेसनद्वारा नेपाल टेनिस संघको सहयोगमा प्रतियोगिता आयोजना गरेको हो । पुरुष तथा महिला एकलतर्फ शीर्ष तीन स्थान प्राप्त गर्नेले नगद ८० हजार, ४० हजार र २० हजार प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्