नेपाली सेना र रक्षा संवाददाताहरुबीच मैत्रीपूर्ण फुटबल



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय र रक्षा बिटमा समाचार संकलन गर्दै आएका रक्षा संवाददाताबीच भएको मैत्रीपूर्ण फुटबलमा सञ्चारकर्मी समूह पराजित भएको छ ।

सैनिक मुख्यालयमा रहेको फुटबल मैदानमा मंगलबार भएको खेलमा सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयसंग सञ्चारकर्मी समूह ६– २ ले पराजित भएको थियो । निर्देशनालयको तर्फबाट सहायकरथी सन्तोषबल्लभ पौडेल, महासेनानी पदम बुढा, महासेनानी ईश्वर श्रेष्ठ, प्रमुख सेनानी प्रद्युम्न पौडेल, सेनानी विजय पाण्डे, सेनानी ऋषभ कार्कीले गोल गरेका थिए ।

सञ्चारकर्मी समूहको तर्फबाट पुरुषोत्तम खत्री र उजीर कार्कीले गोल गरेका थिए । सेनाको तर्फबाट क्याप्टेन सहायक रथी पौडेल रहनु भएको थियो भने सञ्चारकर्मीको तर्फबाट क्याप्टेन दिलीप थापामगर रहनु भएको थियो । पहिलो पल्ट भएको उक्त खेलले सञ्चारकर्मी र सेनाबीचको सम्बन्धलाई अझ मजबुत बनाउने दुवै पक्षले अपेक्षा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्