राष्ट्रपति भण्डारीद्वारा संसद अधिवेशन अन्त्य


काठमाडौँ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसदको दुवै सदनको चालू अधिवेशन आज राति १२ बजदेखि अन्त्य गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को यही कात्तिक ११ गतेको सिफारिस अनुसार आज चालु अधिवेशन अन्त्य गर्नुभएको हो ।

यही कातिक २९ गते सोमबारका लागि तोकिएको प्रतिनिधिसभाको बैठक र गत असोज २५ गते बसेको राष्ट्रियसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको थियो । आज रातिबाट दुवै सदन अन्त्य भएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।