शनिबार थप ५१३ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु



न्युज अफ नेपाल, काठमाडौं।

नेपालमा शनिवार थप ५ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ४,९७२ पीसीआर परीक्षणका क्रममा ४३८ जना र १,९५९ एन्टीजेन परीक्षणका क्रममा ७५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यही अवधिमा थप ८१७ जना संक्रमित निको भएका छन् । कोरोनाकै कारण थप ८ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ३ सय ४५ संक्रमितको कोरोनाका कारण ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्