इन्टेग्रिटी आईकन नेपाल २०२१ सार्वजनिक



न्युज अफ नेपाल,काठमाडौं ।

कोभिड – १९ को महामारीले व्यक्तिगत तथा संस्थागत निष्ठाको महत्वलाई अझै उजागर गरिदिएको छ ।

महामारीले निम्त्याएको जटिलताका बावजुत, हरेक वर्ष जस्तै, यस वर्ष पनि अकाउन्ट विलिटी ल्याब नेपालले भर्चुअल माध्यमबाट इन्टेग्रिटी आईकन २०२१ सार्वजनिक गरेको छ । इन्टेग्रिटी आईकन, सार्वजनिक सेवामा रहेरजुन सुकै परिस्थितिमा पनि निष्ठापूर्वक जिम्मेवारी बहन गरी उदाहरण प्रस्तुतगर्ने कर्मचारीलाई प्रोत्साहनगर्ने र निष्ठापूर्ण समुदायनिर्माण गर्न थलिएको खुला अभियान हो । ८वर्ष अगाडी नेपालबाट सुरु भएको अभियान हाल विश्वका अन्य १४ मुलुकमा पुगिसकेको छ ।

यस वर्षका इन्टेग्रीटी आईकनहरूलाई देशभरीबाट प्राप्तभएका ३३५मनोनयन बाट निर्णयक समितिले छनौट गरेका थिए । निर्णायक समितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सुर्यनाथ उपाध्याय, प्रशासन विद् काशि राज दाहाल, पूर्र्व सचिव जीवन प्रभालामा, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका पूर्व कार्यकारी निर्देशक पुण्य प्रसाद न्यौपाने र प्राध्यापक तथा आइआइडिएस सेन्टर फर गभर्नेन्सका निर्देश कडा. सुचेता प्याकुरेल रहनु भएको थियो ।

इन्टेग्रिटी आइकन २०२१ का लागि छनौटभएकाव्यक्तित्वको संक्षिप्तविवरण यस प्रकार रहेको छः

शिलाशर्मा,नर्सिङ अधिकृत (कोभिड फोकल पर्सन), भेरी अस्पताल, नेपालगञ्ज, बाँके

 कोरोना महामारी शुरु हुँदा नेपाल सरकारले आफ्नै निर्देशिका बनाईसकेको थिएन । शर्माले विश्व स्वास्थ्य संगठनको निर्देशिका हेर्दै नमुना निर्देशिका तयार गरेर लागु गरिन । नर्सहरूलाई तालिमको व्यवस्था गरिन । भेरी अस्पतालमा एउटा हलमात्र कोभिडका बिरामीको लागि छुट्याईएको थियो । उनले ४ ओटाहल र करिडोर पनि प्रयोगमा आउने गरी विस्तार गरेर कोभिड वार्ड बनाईन् । त्यसपछि कोभिडका बिरामी बेड नपाएर फर्केर जानु परेन । उपलब्ध अक्सिजनको समुचित उपयोग होस भनेरअफ ड्युटी नर्सहरू परिचालन गरेर अक्सिजन नपुगेको, चुहावट भएको र बढि प्रयोग भईरहेको बारेमा निगरानी गरिन् ।

मनमाया भट्टराईपंगेनी,प्रमुख जिल्लाअधिकारी,नवलपुर

 उनी जुनसुकै जिम्मेवारीमा हुँदा पनि महिलाका मुद्दा प्राथमिकतामा परे । स्वास्थ्य सहायक हुँदा स्थानीय भाषा सिकेर महिलालाई स्वास्थ्य परीक्षणको लागि स्वास्थ्य केन्द्रसम्म आउने बनाईन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको महाशाखा प्रमुख हुँदा“मर्यादित महिनावारी”कार्यक्रमलाई आक्रामक रुपमा कार्यान्वयनमा ल्याईन् । अहिले १५०० जना विद्यार्थीलाई आफैले हिंसा, अपराधका बारेमा सचेतना फैलाउन र खुलेर आवाज उठाउन तालिम दिएर परिचालन गरेकि छिन् । त्योसँगै उनले “विकासमा सुरक्षा” नीति प्राथमिकता दिएपछि अहिले जिल्लामा विकास निर्माणका कार्यहरूले तिव्रता पाएको छ ।

 चन्द्रकान्त चौधरी, कृषिअधिकृत, मकवानपुरगढी गाउँपालिका, मकवानपुर

 चौधरीले व्यवसायिक खेती, बजार र प्रविधीसँग किशानलाई अभ्यस्त बनाएर एक उदाहरणीय कृषि प्राविधिकको रुपमाआफुलाई प्रस्तुत गरेका छन् । उनले तालिम दिएका किशानले उत्पादन राम्रो गरे । बजारिकरणको लागि कृषि सहकारीलाई कार्यान्वयनमा ल्याए । किशानलाई कारोबार गर्न सजिलो होस भन्नका लागि किशान क्रेडिट कार्ड वितरण गरे, जसबाट किशानले २ लाख सम्मको कारोबार सजिलै गर्न सक्दछन् । फलस्वरुप ८ कट्ठामा खेतीगर्ने किशानअहिले ८ बिगाहामा व्यवसायिक खेती गरिरहेका छन् ।

डा. सुमित्रा गौतम, मेडिकल सुपेरिटेन्डेण्ट, भक्तपुर अस्पताल, भक्तपुर

 केहीवर्ष अगाडीसम्म धरासयी भक्तपुर अस्पताल डा. गौतमले नेतृत्व सम्हालेपछि प्रदेशकै उत्कृष्ट अस्पताल बनेको छ । सामान्य ड्रेसिङ सम्मको सुविधामात्र उपलब्ध हुने सिन्धुली अस्पताल उनले नेतृत्व लिएपछि देशकै नमुना अस्पताल बन्यो । रिफरल अस्पतालको रुपमा चिनिएको सिरहा अस्पतालको रुप फेरियो । जसो तसो २०–३० जना सेवाग्राही आउने खजुरा स्वास्थ्य केन्द्रमाउनी गएपछि दैनिक ३०० जती बिरामीआउनथाले । त्यती मात्र नभएर अहिले पनिउनलाई पच्छ्याउँदै टाढाटाढाका जिल्लाबाट बिरामीहरू भक्तपुर अस्पताल आउने गरेकाछन् ।

डा. लोक बहादुर लोप्चन, उप–सचिव, भाषाआयोग, काठमाण्डौ

 मातृभाषा संरक्षणमा लागिपरेका डा. लोप्चन मातृभाषिलाई खोज्न मात्रपनि देशका कुनाकुना पुगेका छन् । आफ्नै व्यक्तिगत पहलमा भाषिक पहिचान सम्बन्धी नियमित प्रकाशनहरू सार्वजनिक गरिरहेका छन् । भाषा आयोगमा आउनुपूर्व उनले जिल्ला शिक्षाअधिकारी भएर पनि काम गरे । ओखलढुंगामा त उनले हरेक विद्यालय, शिक्षक, विद्याथी र विषयकालागि लक्ष्य निर्धारण गरेर कार्यान्वयनमा ल्याए । जसको परिणामा केहीविद्यालयप्रदेशमै अब्बल ठहरिए । खोलखामा सट्टा शिक्षक राख्ने शिक्षकलाई शुन्य सहनसिलताका आधारमा कारवाही गरे ।

पाँचथरमा मिलेमतोमा शिक्षक नियुक्ति गर्ने प्रणालीलाई हटाई परीक्षा समितिद्वारा शिक्षक नियुक्ति हुने प्रणाली स्थापित गरे । यि आईकन र उनिहरूले गरेका कामलाई हाम्रो सामाजिक सञ्जाल फेसबुक, ट्वीटर र इन्स्टाग्रामको माध्यमबाट आउँदो एक हप्ता भरी प्रस्तुत गर्ने  छौँ । उहाँहरूलाई प्रोत्साहितगर्न यहाँहरूले वेबसाईट मार्फत सन्देश पनि पठाउन सक्नुहुनेछ ।हामीलाई फलो गर्दै गर्नुहोला । आगामी कार्तिक १२गते भर्चुअल माध्यमबाट सम्मान समारोह आयोजना गर्दै र्छौँ ।

प्रतिक्रिया दिनुहोस्