दशैंको साँझ बसन्तपुरमा ग्याङ फाइट (भिडियोसहित)



न्युज अफ नेपाल, काठमाडौं ।

बसन्तपुरमा रहेको नव आदर्श विद्यालय अगाडि दशैंको दिन शुक्रबार साँझ करिब साढे सात बजे युवक समुहबीच झगडा भएको छ ।

बसन्तपुरमा बसिरहेका केहि ब्यक्तिहरुमाथि एक्कासी १२-१३ जनाको एक युवक समुहले जथाभावी अश्लील शब्द प्रयोग गर्दै आक्रमण गरेको हो ।

उक्त दुई समूहबीचको भिडन्तमा ईट्टा, कम्मरमा बाँध्ने बेल्ट, हेल्मेटले पनि एक अर्कालाई प्रहार गरेका थिए । प्रायः सधैंजसो प्रहरीको बाक्लो उपस्थिति रहने उक्त स्थानमा दशैंको टिकाको साँझ भने प्रहरीको उपस्थिति देखिएको थिएन।

प्रहरीले झगडा खबर पाउने बित्तिकै त्यस ठाउँमा पुगेसँगै आक्रमण गर्ने समूहका ब्यक्तिहरु फरार भएका थिए । प्रहरीले फरार भएकाहरुको खोज अनुसंधान गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्