राष्ट्रिय केन्पो अर्को महिना



काठमाडौं, (नेस) ।

नेपाल केन्पो खुकुरी मार्सल आर्टस् संघको आयोजनामा राष्ट्रिय केन्पो खुकुरी मार्सल आटर््स च्याम्पियनसिप असोज ८ गतेदेखि हुने भएको छ ।

प्रतियोगितामा सातै प्रदेशबाट करिब २ सय खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष पूर्णप्रसाद पाण्डेले जनाएका छन् ।विभिन्न ४ विधामा प्रतिस्पर्धा हुनेछ । फुल केन्पो, सेमी केन्पो, सेल्फ डिफेन्स र खुकुरी काताअन्तर्गत विभिन्न स्पर्धामा खेल खेलाइनेछ ।

अध्यक्ष पाण्डेले कोरोना भाइरस (कोभिड–१९) का कारण सुस्त रहेको खेलकुद गतिविधिलाई अगाडि बढाउन र खुकुरी कातामार्फत नेपालको पहिचान अन्तर्राष्ट्रिय क्षेत्रमा अभिवृद्धि गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको बताए ।

फुल र सेमी केन्पोअन्तर्गत विभिन्न तौलसमूहमा खेल खेलाइनेछ । सेल्फ डिसेन्सतर्फ प्रदर्शनी खेल मात्र हुनेछ । दुईदिने प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्