राष्ट्रिय फोटो पत्रकार समूह नुवाकोटको ७ सदस्यीय नयाँ कार्यसमिति गठन



प्रकाश सिलवाल, नुवाकोट ।

राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपिजे) नुवाकोटको प्रथम जिल्ला भेलाले ७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

शनिबार फोटो पत्रकार समुहका केन्द्रिय अध्यक्ष राजेन्द्र चित्रकारको प्रमुख आथित्व तथा फोटो पत्रकार समुह नुवाकोटका संयोजक राजेन्द्र गजुरेलको सभापतित्वमा नुवाकोटको बिदुरमा सम्पन्न भेलाले प्रकाश सिलवालको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति चयन गरिएको हो । यसैगरी समुहको उपाध्यक्षमा हरिशरण भेटुवाल, सचिबमा महेन्द्र अधिकारी, कोषाध्यक्षमा केरिना शाक्य चयन गरिएको छ । यस्तै सदस्यहरुमा संजय भट्ट, उषा रेग्मी र शन्नी श्रेष्ठ रहेका छन् ।

फोटो पत्रकार समुहका केन्द्रिय अध्यक्ष राजेन्द्र चित्रकारले संसारलाई बुझ्न फोटोग्राफीले निकै सहज बनाएको बताए । उहाँले फोटोग्राफीको आविष्कारले दूरदराजको संसार नजिक ल्याइदिएको साथै हजारौं शब्दले भन्न नसक्ने कुरा एउटै तस्बिरले प्रस्ट पारिदिने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य ध्रुब रावल, पत्रकार महासंघ बाग्मती प्रदेशका अध्यक्ष शिव देबकोटा, एनएफपिजेका केन्द्रिय सदस्य नवराज श्रेष्ठ, केन्द्रिय कोषाध्यक्ष सागर श्रेष्ठ, केन्द्रिय सदस्य प्रदीप श्रेष्ठ, नेपाल पत्रकार महासंघ साखा नुवाकोटका अध्यक्ष कपिलदेब खनाल, जिल्ला सचिब जगदीश खनाल, पत्रकार महासंघ बाग्मती प्रदेशका सदस्य रामहरि गजुरेल, एनएफपिजे बाग्मती प्रदेशका अध्यक्ष नारायण सिलवाल, सचिब राजन अधिकारी र कोषाध्यक्ष लोकेश लिम्बूको उपस्थिति थियो । यस्तै पत्रकारहरु शालिकराम चालिसे, सुरज गिरी, केदार ढकाल, सुनिल श्रेष्ठ, भगवती लामा तथा गमला लामाको उपस्थिति थियो ।

यस्तै नव गठित कार्यसमितिले प्रतेक महिना कार्यसमितिको बैठक गरिने तथा आगामी असोज १९,२० र २१ गते जिल्लामा फोटो पत्रकारिता तालिमको आयोजना गरिने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्