बिदा भए प्रधानसेनापति पूर्णचन्द्र थापा



न्युज अफ नेपाल, काठमाडौँ ।

प्रधान सेनापति पूर्णचन्द्र थापाको कार्यकाल सकिएसँगै बिदाई गरिएको छ ।

सर्वोच्च र उच्चका न्यायाधीशहरु, कामु प्रधान सेनापति प्रभूराम शर्मा, पूर्व प्रधानसेनापतिहरु, रक्षासचिव बेगेन्द्रराज शर्मा, रथीवृन्द तथा अधिकृत,सुरक्षा निकायका प्रमुखहरु,सैनिक श्रीमती संघका पधिकारी, सञ्चारकर्मी लगायत विशिष्ट व्यक्तिहरुको उपस्थितिबीच ३ वर्षे सेनापतित्वकालका अनुभूति साझेदारी गर्दै थापा बिदा भएका हुन् ।

कार्यक्रमको अन्त्यमा थापाले पद्दती र प्रणालीलाई आत्मसात गर्ने आधारभुत चरित्रको निर्माणले नेपाली सेना आधुनिक र व्यवसायीक सेनाको रुपमा कायम हुने विश्वास व्यक्त गरेका छन् । उनले आफ्नो कार्यकालमा भएका दीर्घकालीन योजनाहरुको कार्यान्वयन तथा अन्य विविध सकारात्मक प्रयासहरुमा निरन्तर सहयोग गर्ने रक्षा मन्त्रालय लगायत अन्य सबैमा कृतज्ञता समेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्