नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी



नेपाल समाचारपत्र, काठमाडौं ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ डिजाइनको जर्सी सोमबार सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) र नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रमुृख प्रायोजक माइ सेकेन्ड टिचर (एमएसटी) ले नयाँ जर्सी सार्वजनिक गरेका हुन् । आदर्श पोखरेलले डिजाइन गरेको जर्सी छनोट गरिएको हो । आदर्शले नगद एक लाख रुपियाँ पाएका छन् ।

हालको नेपाली क्रिकेटको जर्सीमा रातो र नीलो रंगले रंगिएको छ । सगरमाथा पनि अंकित गरिएको छ । नेपाली टोलीले सोही जर्सी लगाएर आगामी आईसीसी विश्वकप लिग २ क्रिकेट प्रतियोगितामा खेल्नेछ । नेपालले ओमान र अमेरिकासँग त्रिकोणात्मक ओडीआई सिरिज खेल्ने कार्यक्रम रहेको छ ।

गत वैशाखमा नेदरल्यान्डस् र मलेसियाबीचको टी–२० त्रिकोणात्मक सिरिजमा नेपाली टिमको जर्सीप्रति धेरैले नराम्रो प्रतिक्रिया दिएका थिए । जर्सी नराम्रो भन्ने प्रतिक्रिया धेरै आएपछि क्यान र एमएसटीले नयाँ डिजाइनको जर्सीको लागि खुल्ला प्रतिस्पर्धा गरेका थिए । जसमा पाँच सयभन्दा बढीले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्