प्याट्रिसियो रोमामा अनुबन्धित



लन्डन, (एजेन्सी)

इंग्लिस प्रिमियर लिग क्लब वुल्भ्सका गोलकिपर रूई प्याट्रिसियो इटालियन सिरी ए क्लब रोमामा अनुबन्धित भएका छन् ।

पोर्चुगलका गोलकिपर प्याट्रिसियो ११.५ मिलियन युरोमा रोमामा अनुबन्धित भएका हुन् । रोमा र ३३ वर्षीय प्याट्रिसियोले तीन वर्षको सम्झौतामा हस्ताक्षर गरेका छन् । ३३ वर्षीय प्याट्रिसियो दुई सिजन वुल्भ्समा बसेर इटाली जान लागेका हुन् । प्याट्रिसियो २०१८ मा स्पोर्टिङ लिस्बनबाट वुल्भ्स भित्रिएका थिए । रोमाको मुख्य प्रशिक्षकमा जोसे माउरिन्हो नियुक्त भएपछि उनले पहिलो खेलाडीको रूपमा प्याट्रिसियोलाई अनुबन्धित गरेका हुन् ।

पोर्चुगका अन्तर्राष्ट्रिय २०१६ युरो कप विजेता टिमका सदस्य थिए । यस पटकको युरोमा पनि टिममा स्थान बनाएका गोलकिपरको टोली अन्तिम १६ मा बेल्जियमविरूद्ध पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो । युरो २०२० मा उनले चार म्याच खेलेका थिए । प्याट्रिसियोले वुल्भ्सका लागि १ सय ३५ म्याच खेलेका छन् भने पोर्चुगलका लागि उनले ९७ म्याच खेलेका छन् ।

प्रतिक्रिया दिनुहोस्