जिम्न्यास्टिक पूर्वाधार निर्माण गर्न थिमीमा जग्गा



काठमाडौं, (नेस) ।

जिम्न्यास्टिक खेलको कभर्डहललगायतका पूर्वाधार निर्माण गर्न भक्तपुर जिल्लाको मध्यपुर थिमी नगरपालिकाले जग्गा उपलब्ध गराएको छ ।

सोसम्बन्धी सम्झौता पत्रमा बिहीबार त्रिपक्षीय सम्झौता भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवाल, मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठ र नेपाल जिम्न्यास्टिक संघका अध्यक्ष ध्रुवबहादुर प्रधानले सम्झौता पत्रमा हस्ताक्षर गरे । मध्यपुर थिमी नगरपालिका वडा ९ स्थित लुखापाटीमा ३–९–२–० क्षेत्रफल जग्गा पूर्वाधार निर्माण गर्न उपलब्ध गराएको हो ।

उक्त जग्गा राखेपलाई ५० वर्षका लागि लिजमा उपलब्ध गराउने तथा राखेप, नगरपालिका र जिम्न्यास्टिक संघसमेत मिलेर जिम्न्यास्टिक कभर्डहललगायतका पूर्वाधारको विकास गरी त्यसको उपभोग एवं सञ्चालन भने जिम्न्यास्टिक संघले गर्ने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्