ला लिगा अगस्तबाट शुरू



मेड्रिड, (एजेन्सी) ।

स्पेनको शीर्ष फुटबल ला लिगाको नयाँ सिजन आगामी अगस्ट महिनाको दोस्रो साताबाट शुरू हुने भएको छ ।

स्पेनिस फुटबल संघले बुधबार राति ला लिगाको नयाँ सिजनका लागि मिति घोषणा गर्दै खेल तालिका पनि सार्वजनिक गरेको हो । जसअनुसार नयाँ सिजन आगामी अगस्ट १५ बाट शुरू हुनेछ । लिगको चर्चित खेल एल क्लासिको अक्टोबर र मार्च महिनामा हुने भएको छ ।

नयाँ सिजन शुरू हुने दिन अगस्ट १५ मा पहिलो दिन नै कुल १० खेलहरू हुनेछन् । लिग शुरू हुने दिन २० वटै टिमले आ–आफ्नो पहिलो खेल एकैदिन खेल्नेछन् । जसमा साविक च्याम्पियन एट्लेटिको मेड्रिडले आफ्नो पहिलो खेल सेल्टा भिगोसँग खेल्दै उपाधिको रक्षाको औपचारिक शुरूवात गर्नेछ । नयाँ सिजनको उद्घाटन खेलमा भने रियल मेड्रिड र अलाभेसबीच हुनेछ ।
रियल मड्रिडले आफ्नो पहिलो खेल अलाभेससँग अवे मैदानमा खेल्दै नयाँ सिजनको थालनी गर्दा बार्सिलोनाले भने नयाँ सिजनको पहिलो खेल आफ्नो घरेलु मैदानमा रियल सोसिडाडसँग खेल्दै नयाँ सिजनको थालनी गर्नेछ । गत सिजनमा एट्लेटिकोले उपाधि जित्दा रियल मेड्रिड दोस्रो र बार्सिलोना तेस्रो स्थानमा रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्