सान्टो टोटेनह्यामको प्रशिक्षक



लन्डन, (एजेन्सी) । 

पोर्चुगिज प्रशिक्षक नुनो एस्पिरिटो सान्टो इंग्लिस प्रिमियर लिग क्लब टोटेनह्याम हट्स्परका मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।
सान्टो र टोटेनह्यामबीच दुई वर्षको लागि सम्झौता भएको हो । सान्टोले गत सिजनको अन्त्यसँगै वुल्भ्स छाडेका थिए । उनले त्यहाँ चार वर्ष बिताउँदा क्लबलाई इंग्लिस फुटबलको दोस्रो श्रेणीबाट प्रिमियर लिग हुँदै युरोपा लिगको क्वाटरफाइनलसम्म पुर्‍याएका थिए । सान्टोले टोटेनह्याम आएपछि क्लबको पहिचानअनुसार नै आक्रामक फुटबल खेल्ने योजना रहेका बताएका छन् ।

गत सिजनको अप्रिलमा मोउरिन्होलाई बर्खास्त गरेपछि टोटेनह्यामले पूर्व खेलाडी रायन मेसनलाई कार्यवाहक प्रशिक्षकको जिम्मेवारी दिएको थियो । प्रशिक्षक नियुक्तिको लामो प्रक्रियापछि सान्टोले नियुक्ति पाएको हो । यसअघि, टोटेनह्यामले एन्टोनियो कोन्टे, पाउलो फोन्सेका, जुलेन लोपेटेगुइ, जेनारो गाटुसो लगायत प्रशिक्षकसँग पनि प्रस्ताव राख्दै छलफल अघि बढाएको थियो । सान्टो प्रशिक्षक भएसँगै अब क्लबसामु मुख्य फरवार्ड ह्यारी केनलाई क्लबमा नै राख्ने अर्को चुनौती बाँकी छ । केनलाई अनुबन्ध गर्न म्यानचेस्टर सिटी इच्छुक रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्