डाका लेस्टरमा अनुबन्धित



लन्डन, (एजेन्सी) ।

जिम्बावेका युवा स्ट्राइकर पाटसन डाकालाई प्रिमियर लिग क्लब लेस्टर सिटीले अनुबन्धित गरेको छ ।

लेस्टरले २२ वर्षीय स्ट्राईकरलाई बुधबार टिममा सामेल गरेको हो । क्लब र डाकाले पाँच वर्षको सम्झौतामा हस्ताक्षर गरेका हुन् । अस्ट्रियन क्लब आरबी साल्जवर्गबाट इंग्लिस क्लबमा सामेल भएका युुवा स्ट्राइकरले गत सिजन साल्जवर्गबाट २८ म्याच खेल्दै २७ गोल गरेका थिए ।
उनको सानदार प्रदर्शनका कारण साल्जवर्गले लगातार चार सिजन अस्ट्रियन लिग उपाधि जितेको थियो । चार सिजन साल्जवर्गमा बिताएका उनले लिग उपाधिसहित सात उपाधि जितेका थिए । उनले अस्ट्रियन क्लबका लागि एक सय २५ खेलमा ६८ गोल गरेका छन् । उनले जिम्बावेका लागि २२ क्याप जितेका छन् । उनको नाममा सात अन्तर्राष्ट्रिय गोलसमेत छन् ।

प्रतिक्रिया दिनुहोस्