कोरोनाको प्रभावकारी अस्त्र खोप



डा. आशिष थापा
सशस्त्र प्रहरी- नायब उपरीक्षक

काठमाडौं । 
२१औं शताब्दीको विज्ञानलाई चुनौती दिइरहेका कोरोना भाइरसको महामारीलाई प्रतिकार गर्ने अस्त्रकारू पमा तयार पारिएको कोरोना विरुद्धको खोप भरपर्दो हतियार सावित भएको छ ।

विभिन्न मुलुकले आ–आफ्नै स्वविवेकबाट उत्पादन गरेको खोप हामी बीच प्रयोगमा आउन थालेको धेरै भएको छैन । कोरोना महामारीको करिब डेढ वर्षमै भाइरसविरुद्ध खोप बनेको छ । त्यसैले, विज्ञान नै यस खोप प्रतिको कैयै प्रश्नको सामना गर्न अझै कलिलो र नाबालक नै छ । तर, हामीबीच प्रयोगमा आउनु अघि नै खोपले परीक्षणको विभिन्न यात्रापार गरेकाले यस प्रतिको विश्वास निकै उच्च छ ।

हाल नेपालमा कोभिसिल्ड र भेरोसेल खोप प्रयोग भइरहेका छन् । कोभिसिल्ड भारत र भेरोसेल चीनमा बनेको दुई मात्रा लगाउनु पर्ने खोप हुन् । शुरूमा यी खोप केवल परीक्षण हो भन्ने जन मानसले महसुस गरे ता पनि हाल धेरै मानिसले खोप लगाइसकेका र खोप लगाएका मानिसमा कोरोना रोगको जटिलता कम देखिएकाले यसप्रतिको उत्साह र माग बढेको छ । नेपालमा हालसम्म २५ लाखएक सय ९६ जनाले पहिलो र सात लाख ३१ हजार ६ सय ५३ जनाले दोस्रो मात्राको खोप लगाइसकेका छन् । नेपाल एपीएफ अस्पतालबाट सशस्त्रप्रहरी, कर्मचारी र नागरिक गरी कुल ३० हजार २८ जनालाई खोप लगाइएको छ । दुवै खोप १८ वर्षभन्दा माथिका सबैले लगाउन मिल्छ । मुटु, फोक्सो र मिर्गौलासम्बन्धी रोगका साथमा क्यान्सर, रोग–प्रतिरोधात्मक औषधि सेवन गरेका सबैले कोरोनाविरुद्ध खोप लगाउन मिल्छ ।

खोपको पहिलो मात्रा लगाएपछि एना फिलाक्सिस प्रतिक्रिया अथवा गम्भीर खालको एलर्जी देखिएका, खोपको कुनै पनि तत्वसँग गम्भीर प्रकारको प्रतिक्रिया भएका, हाल कोभिड–१९ संक्रमण भएको अवस्थामा रहेका व्यक्तिलाई भने खोप लगाउनमिल्दैन । त्यसैगरी,इम्युनोग्लो बुलिन, मोनोक्लोनल एन्टिबडी, कन्भलेसेन्ट प्लाज्मा लिएका तथा कुनै पनि कारणले गम्भीर बिरामीभएको वाउच्चज्वरो आएको अवस्थामा पनि कोरोना विरुद्वको खोप लिन मिल्दैन ।कोरोनाबाट संक्रमित भएका मानिसले संक्रमण मुक्त भएको ३० दिनपछि भने ढुक्कैले खोप लिन मिल्छ । इम्युनोग्लो बुलिन, मोनोक्लोनल एन्टिबडिज र कन्भलेसेन्ट प्लाज्मा लिएका मानिसले भने यस प्रकारको उपचार गरेको ९० दिनपछि खोप लगाउन मिल्छ ।

स्तनपान गराइरहेका र गर्भवती महिलाले पनि खोप लिन हिच किचाउनु पर्दैन । ३५ वर्ष वा सो भन्दा माथिका, अत्यधिकतौल भएका, मातृ अवस्थामा दीर्घ रोग लागेका र गर्भा वस्थाका जटिलता भएकाग र्भवती महिलाका साथै कोभिड–१९ संक्रमणको उच्च जोखिममा रहेका समूह (जस्तै स्वास्थ्यकर्मीहरू) ले पनिखोप लगाउन मिल्ने निर्देशिकामा उल्लेख छ । यद्यपि, सामान्य ढंगले बाहेक शल्य क्रियाबाट सुत्केरी भएका महिलाले खोप लगाउन मिल्ने–नमिल्ने भन्नेमा केही अलमल छ । तर,निर्देशिकाले सबै खालका सुत्केरी महिलाले खोप लगाउन मिल्छ भनेको छ । खोप लगाएपछि शरीरमा एन्टिबडी बन्न एक देखि दुई हप्तासम्म लाग्न सक्छ । एन्डिबडी बन्न थालेपछि मात्र बल्ल खोपको प्रभावकारिता शुरू हुन्छ । हामी कहाँ प्रयोगमा आएका दुवै खोपको प्रभावकारिता औसतमा ७० देखि ८० प्रतिशत रहेको विभिन्नखोज तथा अनुसन्धानले देखाएको छ । तर,त्यो प्रभावकारिता कति समयका लागि हो भन्ने चाहिँ अहिले पनि खोज र अनुसन्धानको विषय रहेको छ ।

अहिले नेपालमा जेष्ठ नागरिकहरूले कोभिसिल्ड खोपको पाहिलो मात्रा लगाएको तर दोस्रो मात्रा नपाएको अवस्था छ । यसो हुँदाखोपको असर कमहुँदै जाने, खोपको पहिलो मात्रा खेर जाने चिन्ता जनमानसमा छाएको छ । खोज तथा अनुसन्धानले भने पहिलो मात्राखोप लगाएकामा पनि एन्टिबडी बनेको र कोभिडसँग लड्ने शक्ति बढेको, संक्रमण भएपनिकम लक्षण देखिएको पाइएको छ । कोभिसिल्ड खोपको दोस्रो मात्राको विषयमाथप अनुसन्धानभइरहेको छ भने छिमेकी मुलुक भारतमा १२ देखि १६ हप्तामा खोपको दोस्रो मात्रा लगाउँदा यसको प्रभावका रिताअभै बढेको पाइएको छ । यस कारणले दोस्रो मात्रा पाइएन भनेर आत्तिहाल्नु पर्नेअवस्था छैन ।नेपाल सरकारको खोप सल्लाहकार समितिले कोभिसिल्ड खोपको दोस्रो मात्रा १२ हप्तापछि लगाउँदाहुने सिफारिस गरेको छ । खोज र अनुसन्धानले पनि १२ हप्तापछि पनिप्रशस्त एन्टिबडी बनेको देखाएको छ ।भेरोसेल खोपको दोस्रो मात्रा लगाउने अवधि चाहिँ तीनदेखि चारहप्ताहो । विभिन्न कारणले खोपको दोस्रो मात्रा समयमा लगाउन नपाउँदा के गर्ने भन्ने कुरा पनि निर्देशिकाले प्रष्ट पारेको छ । तोकिएको अवधिजस्तै कोभि सिल्डको हकमा १२ देखि १६ हप्ता र भेरोसेलको हकमा तीनदेखि चारहप्तामा खोप लगाउन छुटेमा सक्दो छिटो दोस्रो मात्रा लगाउनुपर्छ ।

हालको अवस्थामा पहिलो मात्रा कोभिसिल्ड लिएकाहरूले दोस्रो मात्रा भेरोसेल या अरूकुनै खोप लिन उपाय वा विकल्प खोज्दै गरेको पाइएको छ । यसो गर्न नमिल्ने निर्देशिकामा प्रष्ट उल्लेख गरिएको छ । बेलायत र स्पेनमा हालपहिलो मात्रा एस्ट्राजेनेका र दोस्रो मात्रा फाइजर लगाउन मिल्ने या नमिल्नेबारेको सम्भाव्यताको खोज भइरहेको छ ।खोप लगाएपछि ज्वरो आउने, हातदुख्ने, शरीर दुख्ने, आलस्यलाग्ने, टाउको दुख्ने, थकाइलाग्ने, खान मन नलाग्ने, पखालालाग्नेजस्ता सामान्य असर देखिन सक्छ । यस्तो अवस्थामा झोलिलो पदार्थ धेरै खाने, चिकित्सकको सल्लाहमा सिटामोल या उपयुक्तऔषधि सेवन गर्न सकिन्छ । खोप लगाएपछि एलर्जी हुने वाएनाफिलाक्सिस रियाक्सनहुने जस्ताविरलै देखिने असर पनि हुनसक्छ । खोप लगाएपछि मुख बार्नु पर्ने अवस्था चाहिँ हुँदैन, स्वास्थ्यलाई हानिकारक हुने पदार्थबाहेक सबैथोक निर्धक्क खान मिल्छ ।

पछिल्लो समयमाखोप लगाएका मानिसमा चुम्बकीय शक्ति विकास भएका खबर आइरहेका छन् । यस विषयमा विभिन्न विज्ञले यो प्रमाण विहीन भएको र खोपमायस्तो चुम्बकीय शक्ति दिने कुनै तत्व नरहेको प्रष्ट पारेका छन् ।खोप लगाएपछि पनि जनस्वास्थ्यका मापदण्ड भने पालना गर्नैपर्ने हुन्छ । खोप लगाएका मानिसमा कोरोना संक्रमण नै हुँदैन भन्ने चाहिँ होइन, उनीहरूमा लक्षण भने कम देखिने र संक्रमितभइहाले पनि कम सिकिस्त बनाउने चाहिँ पक्का हो । अर्कोयथार्थ के पनिहो भने, खोप नै यस्तो हतियार हो जसले कोरोनालाई परास्त गर्छ । आजसम्म योभन्दा भरपर्दो अर्को हतियार भेटिएको छैन ।
(डा. थापानेपाल सत्रस्त्रप्रहरीद्वारा सञ्चालित कोभिड अस्पताल, बलम्बुमाकार्यरत हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्