जर्मनीलाई यूईएफए यू–२१ विजेता



लन्डन, (एजेन्सी)

युरोपियन फुटबलमा उमेर समूहअन्तर्गत यूईएफए यू–२१ युरो कपको उपाधि जर्मनीले जितेको छ ।आइतबार राति भएको फाइनल खेलमा जर्मनीको यू–२१ टिमले पोर्चुगलको यू–२१ टोलीलाई पराजित गर्दै तेस्रोपटक उपाधि जितेको हो ।स्लोभेनियाको स्टोजिच स्पोर्ट्स पार्क रंगशालामा भएको उपाधि भिडन्तमा जर्मनीले पोर्चुगललाई १–० गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो । यससँगै, जर्मनीले यो उपाधि तेस्रोपटक जित्न सफल भएको छ भने पोर्चुगल तेस्रोपटक फाइनलमा पराजित भएको छ ।

जर्मनीले खेलको ४९औं मिनेटमा गरेको एक मात्रै गोलको मद्दतमा उपाधि च्याम्पियन बन्न सफल भयो । जर्मनीका लागि लुकास नेम्चाले ४९औं मिनेटमा गरेको एक मात्रै गोल जितका लागि पर्याप्त बन्यो । गोल बेहोरेपछि पोर्चुगलले खेलभरि नै गोल फर्काउन सकेन । यससँगै, जर्मनीले पछिल्ला ११ वर्षमा तीनपटक यो उपाधि जितेको छ । जर्मनीले यसअघि सन् २००९, र २०१७ पनि युरो कप जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्