पेरिसडाँडामा माओवादीको स्थायी कमिटी बैठक बस्दै



न्युज अफनेपाल, काठमडौं ।

नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ अनुसार नयाँ सरकार गठनका लागि आज साँझ ५ सम्मको समयसीमा दिएपछि माओवादी केन्द्रले आकस्मिक रुपमा स्थायी कमिटी बैठक बोलाएको हो ।

बैठक दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बोलाएको स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले जानकारी दिए। बैठकमा नयाँ सरकार गठनको सबै विकल्पबारे छलफल हुने उनले बताए।राष्टपति र प्रधानमन्त्रीले संविधान विपरीत काम गरेको निष्कर्षसहित महाअभियोग र अविश्वासको प्रस्ताव लानेबारे प्रतिपक्षी दलहरू जुटिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्