काठमाडौंमा मात्र २०४९ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या २७३३९ पुग्यो



न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा २०४९ जना संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा २२१ र ललितपुरमा ३६५ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै काठमाडौंमा सक्रिय संक्रमितको संख्या २७ हजार ३३९ नाघेको छ भने भक्तपुरमा ४ हजार ९१६ र ललितपुरमा ६ हजार ९९० पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ८२०३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै १९६ जनाको संक्रमणबाट मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्