सर्वोच्चद्वारा प्रधानमन्त्रीको शपथका विषयमा अन्तरिम आदेश दिन अस्वीकार

१५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश



न्युज अफ नेपाल, काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको शपथविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले राष्ट्रपति कार्यालय र प्रधानमन्त्री केपी शर्मा ओलीसँग लिखित जवाफ माग गरेको छ ।

सोमबार दर्ता भएका चारवटा रिटमाथि सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, प्रधानमन्त्री ओलीसहितका विपक्षीलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएकाे हो ।

निवेदकले प्रधानमन्त्रीले पुन शपथ नलिँदासम्म प्रधानमन्त्रीको हैसियतमा कामकाज गर्न रोक लगाउन अन्तरिम आदेश माग पनि गरेको थियो । तर, सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्