आज थप २१४ संक्रमितको मृत्यु, ९२४७ मा संक्रमण



न्युज अफ नेपाल, काठमाडौं ।

कोरोना संक्रमणका कारण आज देशभर थप २१४ जनाको मृत्यु भएको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा थप ९ हजार २४७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार आज ७६७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने हाल देशभर १ लाख १३ हजार ४८० जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्