यस्तो देखियो बूढानीलकण्ठमा ओली–देउवा भेटवार्ता (फाेटो फिचर)



न्युज अफ नेपाल, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाबीच छलफल भएको छ । देउवा निवास बूढानीलकण्ठमा वर्तमान राजनीति परिस्थितिबारे छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले फेसबुकमार्फत् जानकारी दिएका छन् ।

छलफलमा एमालेका तर्फबाट महासचिव ईश्वर पोखरेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सहभागी छन् ।

तस्बिर: सुर्य थापा/प्रधानमन्त्रीका प्रेस सल्लाहकार

प्रतिक्रिया दिनुहोस्