कोरोना प्रभाव: १२ औँ राष्ट्रिय जनगणना स्थागित


न्युज अफ नेपाल ,काठमाडौं ।

कोरोना महामारीका कारण आगामी राष्ट्रिय जनगणना अनिश्चितकालका लागि स्थगित हुने भएको छ। आइतबारको बसेको मन्त्रिपरिषदको बैठकले यो निर्णय गरेको हो।

तथ्यांक विभागका निर्देशक ढुण्डीराज लामिछानेले मन्त्रिपरिषदले निर्णय गरेको आफुले पनि सुनेको जानकारी दिँदै लिखित रुपमा चिठी भने आइनसकेको बताए ।

१२औं जनगणना आगामी जेठ २५ गतेदेखि असार ८ गतेसम्म गर्ने तयारी थियो। हाल देशभर सुपरिवेक्षकको तालिम चलिरहेको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।