चुडाल र सुवेदीको सिफारिस आज सर्वोच्चमा सुनुवाइ हुँदै


न्युज अफ नेपाल काठमाडौं ।

सर्वोच्च अदालतमा न्यायाधीशमा प्रस्तावित नहकुल सुवेदी र कुमार चुडालको आज सुनुवाइ हुँदैछ। प्रधानन्यायाधीशको नेतृत्वमा रहने न्यायपरिषद् बैठकले गत फागुन २८ गते उनीहरुलाई सिफारिस गरेको थियो।

संसदीय सुनुवाइ समितिले उजुरी आह्वान गरेको समयभित्र चुडालविरुद्ध दुई र सुवेदीविरुद्ध पाँच वटा उजुरी परेका छन् । समितिले उजुरीकर्ताहरुसँग छलफल गरिसकेको छ। सुवेदीविरुद्ध सर्वोच्च अदालतमा योग्यता सम्बन्धी प्रश्न उठेको थियो। तर सर्वोच्च अदालतले सुवेदीको योग्यता पुग्ने फैसला गरेको थियो। सर्वोच्चको फैसलापछि उनीहरुको सुनुवाइ अगाडि बढेको हो।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।