सिराहामा डाकाकाे समूहद्वारा एक सुनचाँदी व्यवसायीलाई गोली हानी हत्या


न्युज अफ नेपापल काठमाडौं ।

सिराहामा गोली प्रहारबाट एक जनाको हत्या भएको छ। लसिरहाको लहानमा डाकाको समूहले एक सुनचाँदी व्यवसायीको गोली हानी हत्या गरेका छन्। लहान नगरपालिका–२३ गड्डाचोकमा शनिबार मध्यराति सुतिरहेका बेला सुनचाँदी पसले ४५ वर्षीय प्रदीपकुमार विश्वकर्माको हत्या गरेका हुन ।

डकैती गर्न आएको हतियारधारी समूहले गोली प्रहार गर्दा विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । उनीहरुले विश्वकर्माकी श्रीमती अनितालाई समेत पनि धारिलो हतियार प्रहार गरी घाइते बनाएका छन्। अनिताको लहान अस्पतालमा उपचार भैरहेको सिराहका प्रहरी प्रमुख एसपी सुदीप राजभण्डारीले जानकारी दिए। घटनामा संलग्न रहेकाहरुको अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।