अधिकारीको मर्फिन बजारमा



काठमाडौं, (नेस)

कथाकार लक्ष्मण अधिकारीको कथा संग्र्रह मर्फिन बजारमा आएको छ । करिब तीन दशकदेखि स्वास्थ्य क्षेत्रको खोजमूलक पत्रकारिता, पुस्तक लेखन र सम्पादनमा सक्रिय अधिकारीको मर्फिन पहिलो साहित्यिक कृति हो ।

एक्काइसवटा कथा सङ्ग्रहित यस कृतिका सबै कथा स्वास्थ्य विषयसँग मात्रै सम्बन्धित छन् । सम्भवतः नेपाली कथा साहित्यमा एउटै विषयमाथि लेखिएको सिङ्गो सङ्ग्रह यो नै पहिलो हो । सबै कथा डाक्टर, नर्स, अस्पताल, बिरामी, औषधीलगायत त्यो क्षेत्रसम्बन्धी विषयका वरिपरि घुमेका छन् ।स्वास्थ्य जगत्का विकृति, विसंगति, कमजोरी, बदमासी, दुर्बल तथा सबल पक्षहरूलाई रोचक शैलीमा प्रस्तुत गरिएको छ । त्यसैले, यी कथा प्रत्येक बिरामीले, सम्भावित बिरामीले, स्वास्थ्यकर्मीले, स्वास्थ्य व्यवसायीले अर्थात् हरेक व्यक्तिले पढ्नैपर्ने खालका छन् ।

अनुसन्धानमूलक पत्रकारिता गरेका कथाकारले गहिरो अनुसन्धान गरेर नजिकबाट देखेका, भोगेका, तथ्यहरूमा आधारित रहेर लेखिएका यी कथा स्वास्थ्य क्षेत्रका विविध विषयलाई उद्घाटन गर्ने आधिकारिक कथाहरू भन्न सकिन्छ ।मञ्जरी प्रकाशनद्वारा बजारमा ल्याइएको २२० पृष्ठको कथा संग्रह मर्फिनको मूल्य तीन सय पचास रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्