न्युज अफ नेपाल, काठमाडौं ।
नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको महासचिव बाहेकका पदाधिकारी हटाउने निर्णय मुर्खतापूर्ण कदम भएको जनाउँदै ओली जस्तो तानशाह नेपालमा अहिलेसम्म नजन्मिएको बताएका छन् ।
दसकौ अघि अफ्रिकी मुलुकहरुमा तानशाहहरुले ओलीको जस्तै हर्कत देखाउने गरेको भुसालले बताए । ओलीले स्थिर लोकतान्त्रिक विकासप्रति जगाएको विश्वासलाई बर्बाद पारेको भुसालले जनाएका छन् ।
ओलीले दुई तिहाईको बहुमत र पार्टी एकता सिध्याएर अब नेकपा एमाले नै सिध्यानतिर लागेको भुसालले जनाएका छन् ।
शुक्रबार ओलीले आफ्नो पक्षका नेताहरुलाई बोलाएर बैठक गर्दै दशौं महाधिवेशनको मिति तोक्नुका साथै महासचिव बाहेकका सबै पदाधिकारी हटाएका छन् ।