कांग्रेसको एजेण्डा दक्ष जनशक्ति उत्पादन : नेता थापा



बलेवा । नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले कांग्रेसले देश विकासको लागि दक्ष जनशक्ति उत्पादनको एजेण्डा अघि सार्ने बताउनुभएको छ । देशमा हुने हरेक विकास निर्माणमा स्वदेशी जनशक्तिको अभावका कारण विदेशमा भर पर्नुपर्ने अवस्था रहेको भन्दै उहाँले रेल चलाउने र पानी जहाज चलाउने सम्मको जनशक्ति स्वदेशमानै उत्पादन हुनुपर्नेमा जोड दिनुभयो ।

आज बागलुङ बजारमा नेपाल शिक्षक सङ्घ बागलुङको जिल्ला प्रतिनिधिसभा उद्घाटन गर्दै थापाले नेपालीले आफ्नो भनेर अपनत्व बोध नगर्ने बेलासम्म जस्तो सुकै विकास भए पनि समृद्धि प्राप्त नहुने बताउनुभयो ।

उहाँले सर्वोच्चको फैसलापछि नेकपाका दुई पार्टीमा फर्किएका नेताहरुले जनताको माझमा माफी माग्न जानुपर्ने बताउनुभयो । “हिजो जनताले हामी एक भयौँ, समृद्धि ल्याउँछौँ भनेर मत दिएका हुन्” थापाले भन्नुभयो, “आफ्ना कारणले दुईतिर भएपछि जनताको मतको कदर नेकपाका नेताहरुले गर्नुपर्छ, जनताको बीचमा जानुपर्छ ।”

प्रतिक्रिया दिनुहोस्