सरकार-विप्लव बीचको सहमतिले देश र जनताको हितमा सुखद् परिणाम ल्याओस् : नेता रावल


न्युज अफ नेपाल, काठमाडौँ ।

सरकार र विप्लव नेकपाबीच भएको सहमतिप्रति प्रचण्ड–नेपाल समूहका नेता भीम रावलले शान्तिपूर्ण राजनीतिको मूलधारमा आउनु र राष्ट्रिय हितलाई सर्वोपरी राखिने संकल्प गरिनु स्वागतयोग्य रहेको जनाएका छन् ।

सामाजिक सञ्जालमा ट्वीट गर्दै रावलले सरकार र विप्लव बीचको सहमतिले देश र जनताको हितमा सुखद् परिणाम ल्याओस् भन्दै शुभकामना दिएका हुन् ।

‘नेकपा (विप्लव)शान्तिपूर्ण राजनीतिको मूलधारमा आउनु र राष्ट्रिय हितलाई सर्वोपरी राखिने संकल्प गरिनु स्वागतयोग्य छ। सरकार र नेकपा (विप्लव) बीचको सहमतिले देश र जनताको हितमा सुखद् परिणाम ल्याओस्। शान्ति प्रक्रियाको एक हिस्सा बनेर दिगो होस्। यसमा योगदान गर्ने सबैलाई धन्यवाद ,’उनले लेखेका छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।