पृथ्वीबाट मानव अस्तित्व समाप्त हुने खतरा



न्युयोर्क, (एजेन्सी)  ।

विश्वका पुरुषहरुका विर्यमा शुक्रकिटको संख्यामा आएको कमीको कारण मानव अस्तित्वमै खतरा रहको विचार एकजना चर्चित महामारी रोग विशेषज्ञले बताएका छन् । अमेरिकाको न्युयोर्कको माउन्ट सिनाइस्थित इकाह्न स्कुल अफ मेडिसिनका वातावरणविद् तथा प्रजनन महामारीविद् सान्ना सवनले शुक्रकिटको कारण देखिएको खतरालाई विश्वव्यापी जलवायु परिर्वतनसँग तुलना गरेकी छन् ।

उनले आफ्नो ‘काउनट डाउन’ नामक पुस्तकमा प्रजनन प्रणालीको वर्तमान स्थित्ीि मानव अस्तित्वमा नै आँच नपु¥याई लामो समयसम्म निरन्तर हुन नसक्ने उल्लेख गरिएको छ । सन् २०१७ मा उनको सहलेखनमा रहेको अध्ययनले पश्चिम जगत्मा १९७३ देखि २०११ बीच पुरुषहरुको विर्यका शुक्रकिटको संख्या ५९ प्रतिशतले घटेको पत्तालगाएको थियो । स्वान भन्छिन्– ‘अहिलेको दरमा भविष्यवाणी गर्ने हो भने सन् २०४५ सम्ममा पुरुषको विर्यमा शुक्राणु संख्या शून्यमा झर्नेछ ।स्वान र अर्का सहलेखक स्टासी कोलिनोले आधुनिक जीवनमा शुक्राणुको संख्याको कमीको कारण पुरुष तथा महिला प्रजनन विकासमा परिवर्तन आइरहेको र मानव जीवन खतरामा परिरहेकोबारे अनुसन्धान गरेका हुन् । तिनीहरुको अध्ययनले मानिसको बदलिँदो जीवनशैली र रसायनिक पदार्थसँगको संसर्गको कारण मानव यौन विकास र उर्वरता खतरा परिरहेको जनाएको छ ।

परिणाम स्वरुप मानव पनि लोपोन्मुख प्रजातिमा पर्नेसक्ने बताइएको छ । स्वानले सबैक्षेत्रबाट मानव जगत् बचाउने प्रयास हुनुपर्नेमा जोड दिएकी छन् । साथै सन् १९६४ देखि २०१८ बीच विश्वव्यापी उर्वरता दर प्रतिमहिला ५ दशमलव ०६ बाट २ दशमलव ४ मा झरेको पनि उल्लेख गरिएको छ ।स्वानले प्लास्टिक, कस्मेटिक, किटनाशक औषधि, रसायनिक मल, धुमपान, गाँजा सेवन तथा बढ्दो मोटोपनाले मानव उर्वरतामा नकारात्मक असर पारिरहेको बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्