११ वर्षअघि महिला बेच्ने व्यक्ति केन्द्रीय कारारगारमा



काठमाडौं, (नेस)
वैदेशिक रोजगारीका लागि बहराईमा लैजाने भन्दै भारतमा लगेर चरम शोषणामा परेकी महिलालाई लगेर ११ वर्षअघि बेच्ने एक व्यक्ति अर्कै अपराधमा केन्द्रीय कारागारमा रहेको फेला परेको छ ।

२०६६ साल भदौ महिनामा रमेश खड्का भन्ने तुलाराम खड्काले दुबईमा प्रतिमहिना ५० हजारको जागिर लगाइदिने भन्दै भारतको नयाँ दिल्ली पुर्‍याएर भारतीय नागरिकको जिम्मा लगाएर नेपाल फर्किएका थिए ।ती महिलासँग खड्काले १ लाख ५० हजार रुपियाँ लिएर भारतको नयाँ दिल्लीमा पुर्‍याई हैदर भन्ने भारतीय नागरिकलाई बेचेर उनी नेपाल फर्केको नेपाल प्रहरीको मानव बेचबिखनविरुद्ध ब्युरोले जानकारी दिएको छ ।

खड्कासहितको टोलीले ती महिलालाई भारतमा गएर ११ महिना वेटरको तालिम गर्नुपर्ने भन्दै नयाँ दिल्लीमा लगेर हैदर भन्ने भारतीय नागरिकको जिम्मा लगाएर खड्का ३५ हजार भारतीय रुपियाँ लिएर नेपाल आएका थिए ।आफू चरम शोषणमा परेको थाहा पाएपछि ती महिलाले एक जना भारतीय नागरिकको सहयोगमा नै त्यहाँबाट भाग्न सफल भएकी थिइन् । उनी भागेर नेपाल आएपछि उनले प्रहरीमा उजुरी गरेकी थिइन् ।उक्त अपराधमा संलग्न रहेका अर्का अभियुक्त साइराम भन्ने भूपालमान श्रेष्ठलाई पक्राउ गरी कारबाही अगाडि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्