एनसेलबाट भारतमा कल गर्न भ्वाइस प्याक



काठमाडौं । एनसेलका प्रिपेड ग्राहकले सुलभ दरमा भारतमा कुरा गर्न सक्ने भएका छन् । एनसेल आजियाटा लिमिटेडले आफ्नो विन्टर अफर अन्तर्गत लोकल दरमा नै भारत कल गर्न पाइने गरी दैनिक र ३ दिने सहुलियत प्याक गरी दुई वटा भ्वाइस प्याकहरु ल्याएको छ ।

यो अफर एनसेलले आफ्नो नयाँ अभियान ‘फास्ट फरवार्ड लाइफ’ अन्तर्गत ल्याएको हो । यो अभियानले भविष्यको पुनःकल्पना गर्दै डिजिटल पावरका साथ छिटो अगाडि बढ्न अभिप्रेरित गर्दछ ।दैनिक भ्वाइस प्याकअन्तर्गत ग्राहकले करसहित २५ रुपिया“मा भारतीय नम्बरमा १० मिनेट कल गर्न सक्छन् । दैनिक प्याक सुचारु भएपछि २४ घण्टासम्म यसको समयसिमा रहन्छ ।

यो भ्वाइस प्याक खरिद गर्न प्रिपेड ग्राहकले एस्ट्रिक्स १७११८ एस्ट्रिक्स ७ एस्ट्रिक्स १ ह्यास डायल गर्न सक्छन् ।त्यस्तैगरी विन्टर अफर अन्तर्गत प्रिपेड ग्राहकका लागि ३ दिने सहुलियत दरको भ्वाइस प्याक पनि रहेको छ । तीन दिनको समयसिमा रहेको यो भ्वाइस प्याक ग्राहकले करसहित मात्र १४ रुपिया“मा खरिद गर्न सक्छन् र मात्र १ दशमलव ९९ प्रतिमिनेट (करसहित २ दशमलव ५४ प्रतिमिनेट) को दरमा भारत कल गर्न सक्छन् ।

भ्वाइस प्याक बिना भारत कल गर्दा विद्यमान शुल्क २ दशमलव ९९ प्रतिमिनेट (करसहित ३ दशमलव ८२ प्रतिमिनेट) रहेको छ । प्रिपेड ग्राहकले एस्ट्रिक्स १७११८ एस्ट्रिक्स ७ एस्ट्रिक्स २ ह्यास डायल गरी यो भ्वाइस प्याक सजिलै सुचारु गर्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस्