संसद विघटनविरुद्ध कांग्रेसको विरोध प्रदर्शन (तस्वीर)



न्युज अफ नेपाल, काठमाडौं ।

संसद विघटनविरुद्ध नेपाली कांग्रेसले आज काठमाडौँको बानेश्वरमा विरोध प्रदर्शन गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको यो कदम असंवैधानिक एवंम अलोकतान्त्रिक भएको निष्कर्षसहित कांग्रेसले आज उपत्यकाका साथसाथै देशैभर विरोध प्रदर्शन गरेको हो । प्रम ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख १७ र २७ गते मध्यावधि निर्वाचनको घोषणा गरेपछि देशभर प्रदर्शन सुरु भएको छ ।

तस्वीर: उजोल डंगोल

प्रतिक्रिया दिनुहोस्