पार्टी अध्यक्ष माधव नेपाललाई बनाउने प्रचण्ड समूहको निर्णय !


काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समूहले वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको छ।

प्रचण्ड समूहको मंगलबार दिउँसो बसेको स्थायी कमिटीको बहुमत सदस्यले माधवलाई अध्यक्ष बनाउने निर्णय गर्दै केन्द्रीय कमिटीबाट पारित गर्ने तयारी गरेको छ।

स्थायी कमिटी सदस्य गणेश शाहले माधव नेपाल अध्यक्षका लागि केन्द्रीय कमिटीमा प्रस्तावित भएको जानकारी दिए। ‘माधव नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव भएको छ,’ उनले भने।

प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटीको बैठक अहिले बबरमहलस्थित कार्की पार्टी प्यालेसमा बसिरहेको छ। ओली समूहले भने महासचिव विनाको बैठक बैधानिक नभएको तर्क गरेको छ।

Skip This