क्रिकेटर पारस खड्कालाई कोरोना संक्रमण



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्कालाई कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक सञ्‍जालमा ट्वीट गर्दै खड्काले आफूलाइ कोरोना भएको जानकारी दिएका छन् ।

उनले आफूलाई दुई दिनदेखि ज्वरोसहितका लक्षण देखिएको बताउँदै परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको बताएका छन् । ‘आज बिहान मलाई कोरोना पुष्टि भएको छु, उनले भनेका छन्, अहिले म चिकित्सकहरुको निर्देशन अनुसार आवश्यक स्वास्थ्य मापदण्डसहित होम आइसोलेसनमा रहेको छु ,’ उनले लेखेका छन् ।

कोरोना संक्रमणका कारण उनी चितवनमा हुन लागेको गौतम बुद्ध क्रिकेट म्याचमा पनि उनी सहभागी हुन नपाउने भएका छन्।

प्रतिक्रिया दिनुहोस्