गाँजालाई खतरनाक लागुपदार्थको सूचीबाट हटाइयो



काठमाडौँ ।

संयुक्त राष्ट्रसंघको लागुऔषधसम्बन्धी नियोगले गाँजालाई खतरनाक लागुपदार्थको सूचीबाट हटाएको छ । नियोगले गाँजालाई औषधिजन्य वनस्पतिको सुचीमा राखेको छ ।

विश्व स्वास्थ्य संगठनले गाँजालाई खतरनाक लागुऔषधको सूचीबाट हटाउन सिफारिस गरेको थियो। सोही अनूरुप राष्ट्रसंघीय नियोगले गाँजालाई खतरनाक लागुपदार्थको सूचीबाट हटाउने प्रस्ताव पारित गरेको हो । भियनामा सम्पन्न नियोगको वार्षिक सम्मेलनमा सो प्रस्तावमा २७ देशले समर्थन जनाएका थिए भने २५ देश विपक्षमा थिए ।

सो प्रस्तावमा नेपाललगाएत अमेरिका, बेलायत, दक्षिण अफ्रिका, क्यानडा, अस्ट्रेलिया, फ्रान्स, इटाली, जर्मनी, भारतले पक्षमा मतदान गरेका थिए भने जापान, इराक, ब्राजिल, चीन, रूस, पाकिस्तान लगायतले विपक्षमा मतदान गरेका थिए । मतदानमा युक्रेन उपस्थित थिएन ।

प्रतिक्रिया दिनुहोस्