ओलीले ‘म भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार हुन पनि दिन्नँ’ भन्दा प्रचण्ड मुसुमुसु हाँसेपछि…



न्युज अफ नेपाल,कामठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाको मंगलबारको सचिवालयमा नेताहरुको बाझबाझ भएको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच झनै कडा बाझबाझ भएको बताईएको छ ।

ओलीले सुरुमै प्रचण्डले आफूमाथि आरोप लगाएको भन्दै खण्डनामा उत्रिएका ओलीले ‘म भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार हुन पनि दिन्नँ’ भन्दा प्रचण्ड मुसुमुसु हाँसिरहेका थिए । प्रचण्ड मसुमुसु हासेको देखेपछि ओली ‘किन हाँसेको रु म गम्भीर कुरा गरिरहेको छु ’ भन्दै कड्किएका थिए ।

बैठकमा सबै नेताहरुको बाझाबाझ भएको बताइएको छ । सचिवालयका सदस्य नेताहरुले ओली प्रचण्ड दुवैको प्रस्ताव माथि छलफल हुनुपर्ने धारणा राखेका थिए । यस्तै सो बैठकअघि नेकपाका महासचिव तथा अर्थमन्त्री बिष्णु पौडेलको ६२ औँ जन्मदिन मनाईएको थियो ।

बर्थडे केक खाँदासम्म सौहार्दपूर्ण देखिएको माहोल बैठक सुरुभए लगत्तै नेताहरुको खरो भनाभनले तात्तिएको थियो । ओलीले प्रचण्डले प्रस्ताव फिर्ता लिएर माफीसमेत माग्नुपर्ने बताएपछि सबै नेताहरु ओलीमाथि खनिएका थिए ।

प्रतिक्रिया दिनुहोस्