आज भाइटीकाकाे उत्तम साइत ११ः३७ बजे


काठमाडौं ।

भाइटीका टीका आज दिनभर लगाउन कुनै बाधा नरहेको तर साइत खोज्नेका लागि बिहान ११ः३७ बजेको समय उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइँदै आएको नेपालीको दोस्रो ठूलो चाड यमपञ्चकको पाँचौं दिन आज घरघरमा भाइटीका लगाइँदै छ ।

आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई दीर्घायूको कामना गर्दै परम्परानुसार सप्तरङ्गी अथवा पञ्चरङ्गी टीका लगाइदिने गर्छन् ।

दिदीबहिनीले टीका लगाइदिएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिएर आफ्नो गक्ष अनुसार उपहार दिने प्रचलन छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।