जोमासा स्पोर्ट्स क्लबको उद्घाटन



काठमाडौं, (नेस)
कीर्तिपुर–२, ट्यांलाफाँटमा नेपाल जोमासा स्पोर्ट्स क्लब सञ्चालनमा आएको छ। नेपालमा जोमासा मार्सल आर्ट्सको विकास र विस्तार गर्ने उद्देश्यसहित स्पोर्ट्स क्लबको शुभारम्भ गरिएको हो।
स्पोर्ट्स क्लबको बिहीबार एक कार्यक्रम आयोजना गरी उद्घाटन गरिएको हो। स्पोर्ट्स क्लब राष्ट्रिय युवा संघ रामेछाप जिल्लाका सचिव मुकुन्द गौतम र क्लबका अध्यक्ष एवं प्रमुख प्रशिक्षक राम विष्टले संयुक्तरूपमा उद्घाटन गरेका हुन्।
तीन वर्षअघि नेपाल भित्रिएको जोमासा मार्सल आर्ट्सको २०७६ माघदेखि भने नियमित प्रशिक्षण हुँदै आएको छ। यस मार्सल आर्ट्सको काठमाडौंको बल्खु, सानेपा र कालिमाटीमा यसअघि नै डोजो सञ्चालनमा रहेको प्रशिक्षक विष्टले जानकारी दिए।
क्लब उद्घाटनकै अवसरमा हालै भारतमा आयोजना भएको अनलाइन मार्सल आर्ट्स च्याम्पियनसिपका पदक विजेता खेलाडीलाई प्रमाणपत्र वितरण गरिएको थियो। उक्त च्याम्पियनसिपमा नेपालले नौ स्वर्ण, दुई रजत र तीन कांस्य पदक जितेको थियो।
कार्यक्रममा एटोन नेपालका सञ्चालक प्रदीप उपाध्याय, क्लबका उपाध्यक्ष जनकराज गौतम, कुमार चौलागाईं, महासचिव विवश घिमिरे, कोषाध्यक्ष सुनिता गौतम र सदस्यहरू रोशन तन्डुकार, अमृत खड्का, सुलिना तोलांगी र दीप बस्नेतलगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्