सुदेशनालाई रजत



काठमाडौं, (नेस)
नेपालकी सुदेशना गुरुङले प्रथम अनलाइन अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो प्रतियोगितामा रजत जितेकी छन्। सुदेशनाले महिला एकल पुम्सेको यू–१५ उमेर समूहमा रजत जितेको नेप्लिज तेक्वान्दो एकेडेमीका अध्यक्ष अशोक खड्काले जनाएका छन्। सुदेशनाले ६ दशमलव ७५ अंक जोडेकी हुन्।
यो स्पर्धामा नेपालका अन्य दुई खेलाडीले पनि प्रतिस्पर्धा गरेका थिए। ६ दशमलव ३० अंकका साथ नेपालकी शान्ति राईले कांस्य जितिन्। प्रगति कुइँकेल ५ दशमलव ६० अंकका साथ पाँचौं स्थानमा रहिन्। ब्राजिलकी मारियाना उर्बिनाले ६ दशमलव ७५ अंक जोड्दै स्वर्ण हात पारिन्।
ब्राजिल तेक्वान्दो महासंघले आयोजना गरेको उक्त प्रतियोगितामा यसअघि पुरुष यू–१४ एकल पुम्सेमा नेपालका आयुश ढुंगेलले स्वर्ण जिते। अध्यक्ष खड्काले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका थिए।

प्रतिक्रिया दिनुहोस्