मकवानपुरकी निरुलाई स्वर्ण



हेटौंडा, (नेस)
भर्चुअल अन्तर्राष्ट्रिय तेक्वान्दो पुम्से च्याम्पियनसिपमा मकवानपुर तेक्वान्दो डोजाङकी निरुमगर स्वर्ण पदक जित्न सफल भएकी छन्।

४० वर्षभन्दा बढी उमेर समूहका सहभागीबीच भएको प्रतिस्पर्धामा मगरले नेपालका तर्फबाट स्वर्ण पदक जित्न सफल भएकी हुन्। च्याम्पियनसिपमा नेपालसहित १९ राष्ट्रका ३ सय ६२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए।

च्याम्पियनसिपमा नेपालका १ सय ९० र हङकङ, मलेसिया, श्रीलंका, भारत, म्यानमार, मकाउ, थाइल्यान्ड, मेक्सिको, अस्ट्रेलिया, जापान, नाइजेरिया, बंगलादेश, टिमोर, बेलायत, दक्षिण कोरिया, फिलिपिन्स र कम्बोडियाका खेलाडीले सहभागिता जनाएका थिए।

प्रतिक्रिया दिनुहोस्